राजनीति

सर्वोच्च अदालतकी न्यायाधीश मल्ल २० दिन बिदामा

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल बिदामा बस्नु भएको छ । प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिसँगै न्यायाधीश मल्ल २० दिनका लागि बिदा बस्नुभएको हो ।

न्यायाधीश मल्ल २० दिन बिदामा बसेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो । न्यायाधीश मल्ले आफैले बिदा स्वीकृत गरेर आजदेखि बिदा बसेको प्रवक्ता कोइरालाले बताउनुभयो ।

यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदले अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

डा. शर्मालाई संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो । न्यायाधीश मल्ल प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा पनि अनुपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.