राजनीति

जेठ सान्तसम्म हवाई उडान र सीमा बन्द गर्ने निर्णय

सरकारले जेठ ३२ गतेसम्म आन्तरिक तथा बाह्य उडान बन्द गर्नुका साथै सीमा नाका पनि बन्द गर्ने निर्णय गरेको छ । यसअघि जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय भएको थियो ।

बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको आन्तरिक र बाह्य उडान र सीमा नाकालाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन । समितिको मंगलबार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो ।

सम्बन्धित खबर

Back to top button