राजनीति
सर्वोच्चद्वारा प्रसाईं पक्राउबारे लिखित जवाफ माग
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बुधबार हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गर्नुभएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो ।
आदेशमा भनिएको छ, “आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु ।”





प्रतिक्रिया राख्नुहोस्