विश्व समाचार

पिआईएको विमान बस्तीमा खस्यो : उद्धाकार्य जारी, क्षतिको विवरण आउन बाँकी

पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको छ । अवतरण गर्ने क्रममा जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३.२ किलोमिटर पर रहेको कराचीको एउटा बस्ती, मोडेल कोलोनी नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको हो ।

९१ जना यात्रु र आठजना चालकदलका सदस्य रहेका उक्त विमान लाहोरबाट कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल तर्फको उडानमा रहेको थियो ।

समाचारमा बताइएअनुसार विमान दुर्घटनामा परेको स्थानमा धेरै घरहरुमा पनि क्षति पुगेको छ । अहिले उद्धारको काम जारी रहेको समाचारमा बताइएको छ । साँघुरो बाटो र मानिसको भिडको कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

पीआईएका प्रवक्ता अब्दुल्लाह हाफीजले एयरलाइन्सले यात्रा अवधिभर विमानबाट सूचना पाइरहेको र कुनै किसिमको समस्या नभएको बताए । उनले दुर्घटना हुनुमा केही प्राविधिक त्रुटि हुन सक्ने बताए ।

यस विषयमा विस्तृत विवरण आएपछि पत्रकार सम्मेलन गरेर यसको जानकारी दिने तयारी भइरहेको बताइएको छ । उद्धारमा खटिएका स्रोतले दिएको जानकारी अनुसार दुर्घटना भएको स्थलबाट अहिलेसम्म १५–२० जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.