खेलजापान

गल्कोट स्पोर्टस् क्लव छैठौ भलिबल प्रतियोगिता तयारी पुरा, कुल १२ टीम सहभागी रहने

गल्कोट स्पोर्टस क्लब जापानले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको छैटौ सिल्भर कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता आयोजक समितिका अध्यक्ष लक्ष्मण कार्कीका अनुसार आगामी २४ तारिक सोमबार बिहान नौ बजेदेखी साइतामाको वारावी कितामाचीको जिम्नासियम हलमा जापानभरिका १२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।



उपाधी विजेताले तीनलाख येन, उपविजेताले दुईलाख येन नगद पुरस्कार पाउनेछन। भने तेस्रो र चौथों विजेताले सान्त्वना ५०/५० हजार येन सहित मेडल तथा प्रमाणपत्र समेत प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई ट्रफी र सम्मान पत्रले सम्मान गर्ने गरी बिधागत आठवटा पुरस्कार उत्कृष्ठ कोचदेखि खेलाडीलाई प्रदान गर्ने घोषणा गरेको छ भने एकजना खेलाडीका लागि जापानमा नेपालीहरूले संचालन गरेको मिराई लाईफ ईन्स्योरेन्सबाट निशुल्क बीमा पुरस्कार स्वरूप प्रदान गरिने छ ।

यसैबीच क्लबले प्रतियोगिताको टाईसिट समेत सार्वजानिक गरेको छ। प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको गल्कोट समाज जापानले खेलमा आफ्नो  टिम समेत समावेश गरेको छ भने बाग्लुगं समाज जापान, माएवासी क्लव गुन्मा, गल्कोट समाज टोकियो, दुदिलाभाटी समाज, एनवाईएसई जापान, गल्कोट स्पोर्टस क्लब नागोया, बोहोराफॅाट समाज जापान, एनबीए जापान, ईताबासी क्लव जापान, गोसबिम जापान र गल्कोट स्पोर्टस क्लव टोकियोका १२ टिमले सहभागिता जनाउने पक्का भएको छ।

आयोजकले खेलको टाईसिट समेत सार्वजानिक गरेको छ।

प्रतियोगिताका लागि विभिन्न महानुभावहरूले प्रायोजन गर्ने घोषणा गर्नु भएको छ। जसमा सिल्भर प्रायोजनका लागि व्यवसायी चन्द्र बहादुर खत्रीले गर्नुहुने भएको छ ।

अध्यक्ष कार्कीका अनुसार कोरोना संक्रमणको विषम अवस्थामा जापान सरकारले दिएको सबै मापदण्ड पुरा गरेर प्रतियोगिता गरिने छ। जसका लागि खेलाडी तथा क्लवका पदाधिकारीहरूले समेत बिहान नौ बजे पूर्व नै उपस्थिति हुन अध्यक्ष कार्कीले अनुरोध गर्नु भएको छ ।

गल्कोट समाज जापान प्रतियोगिताको मुख्य प्रायोजक रहेको खेल हुने स्थान ३३५-०००१ साईतामा केन वारावी कितामाची १-२७-१५ जिम्नासियम हल फोन नम्वर ०४८-४३२-२६११

हेर्नुहोस प्रतियोगिताको खेल तालिका सहितको टाईसिट:

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button