विश्व समाचार

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौतामा पुग्ने सम्भावना अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स (युएई) का एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् ।

हर्मुज घाँटी खुला गर्ने सम्झौतामा पुग्न ‘५०–५०’ मात्र सम्भावना रहेको युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गासले बताउनुभएको हो ।

उहाँले तेहरानलाई मध्यपूर्व युद्धको कमजोर युद्धविरामको समयमा वार्तालाई पटक–पटक रोक्ने र शुरु गर्ने र यसमा बढी सौदाबाजी नगर्न आग्रह गर्नुभयो ।

“इरानी अधिकारीहरूले वर्षौंदेखि धेरै अवसरहरू गुमाएका छन् किनकि उनीहरूले अवसरलाई बढी आँकलन गर्ने प्रवृत्ति छ,” गार्गाशले प्रागमा ग्लोब्सेक फोरमलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो । “मलाई आशा छ, उनीहरूले यस पटक त्यसो गर्नेछैनन्,” उहाँले अगाडि भन्नुभयो ।

अमेरिकी सैन्य सुविधाहरू रहेको तेलको धनी युएईलाई फेब्रुअरी २८ देखि सुरु भएको ४० दिनको युद्धको क्रममा करिब तीन हजार ३०० ड्रोन र मिसाइलहरूले निशाना बनाएको गर्गासले बताउनुभयो ।

उहाँले भन्नुभयो, “इरानले नाकाबन्दी गरेको हर्मुजले सामान्यतया विश्वव्यापी इन्धन आपूर्तिको पाँच भागको एक भाग ओगट्छ । यो मार्ग सामान्य अवस्थामा फर्कनु पर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.