साहित्य

साहित्यकार डा. गिरीको निधन

प्रशिद्ध साहित्यकार डा बानिरा गिरीको निधन भएको छ । विगत तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित डा. गिरीको हृदयघातका कारण काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा आइतबार राति १० बजे गिरीको निधन भएको हो ।

नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला डा. गिरीका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ । ‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो ।

उहाँका श्रीमान्, एक छोरा र एक छोरी छन् । दिवंगत डा. गिरीप्रति युवसंवाद हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.