राजनीति

संसद पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न एक सय ४६ सांसदको रीट

नेपाली कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल समूह र उपेन्द्र यादव समूहका गरी १ सय ४६ सांसदले संसद पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले रिट दायर गरेका छन् ।

संसद विघटन गरी कार्तिक २६ र मंसिर ३ गते घोषणा गरिएको मध्यावधि निर्वाचन असंवैधानिक रहेको भन्दै विपक्षी गठबन्धनका १४६ सांसदले सोमबार रिट दायर गरेका हुन् । प्रष्ट बहुमतसहित दाबी गरेका देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक भएको उनीहरुको दाबी छ ।

संसदमा बहुमत देखाउन सक्दिनँ भनेर वैकल्पिक सरकार गठनका लागि अनुरोध गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीमा दाबी गर्न जाने हक नभएको उनीहरुको जिकिर छ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको दाबीलाई अस्वीकार गर्दै सरकारको सिफारिसमा संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.