जल/वातावरण

टोखाका कोरोना संक्रमित ज्योतिष, पसले र अर्का एकजना समाजसेवी

सोमबार काठमाडौंमा पुष्टि भएका कोरोना संक्रमितमध्ये एकजना टोखामा रहेका ज्योतिष र एकजना किराना पसले रहेको थाहा भएको छ । संक्रमित टोखा ६ धनेश्वरका पुरुष ज्योतिषी रहेको अर्का संक्रमित स्थानीय किराना पसले रहेको खुलेको छ ।

त्यस्तै अर्का एक जना बुढानिलकण्ठमा समाज सेवामा खटिने व्यक्ति रहेका छन् । लकडाउनको समयमा राहत वितरण गर्ने र आफ्नै निजी गाडीमा बिरामीलाई अस्पताल लैजान समेत सक्रिय रुपमा खटिएका व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो ।

समाचार अनुसार उहाँ निकै सक्रिय रुपमा समाज सेवामा खटिनु भएको थियो । आफैं गाडी चलाएर बिरामीलाई अस्पतालमा समेत लैजानेदेखि राहत वितरणमा सक्रिय ३७ वर्षे उहाँलाई संक्रमण भएको हो ।

कोरोना संक्रमित तीनैजनाा धेरै मानिसहरुसंग सम्पर्कमा रहने भएकाले नजिकमा रहेका र सम्पर्कमा आएकाहरुको पनि पिसिआर परीक्षणको तयारी गरेको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.