एसियन खेलकुद महिला क्रिकेट छनोट : नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोट अन्तर्गत चीनविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै जितका लागि १२६ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा निर्धारित २० ओभरको खेलमा नेपालले पूजा महतोको ६३ रनको अद्र्धशतकीय पारीको मद्दतमा ५ विकेट गुमाएर १२५ रन बनायो ।
नेपालका लागि ओपनर सम्झना खड्काले ४, सोनी पाख्रिन १८, कविता कुँवर ५, रुवी पोद्दार २२ र रुविना क्षेत्री ४ रनमा अविजीत रहेको खेलमा इन्दु बमौ शून्यमा आउट भइन् ।
प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपालले चीनलाई हराउँदै विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ । यता चीन पनि लगातार दोस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रेको छ ।
आफ्नो पहिलो खेलमा चीनले इन्डोनेसियालाई तीन विकेटले पराजित गर्दै जित हासिल गरेको थियो । विभिन्न छ राष्ट्र सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा चीन र इन्डोनेसिया छन् ।
त्यसैगरी, समूह ए मा भने आयोजक मलेसिया, हङ्कङ र थाइल्यान्ड छन् प्रतियोगिताका शीर्ष तीन स्थान हासिल गर्ने टोलीले यसैवर्ष जापानमा हुने २० एसियाली खेलकुद प्रतियोगितामा भाग लिने पाउने छन् ।




प्रतिक्रिया राख्नुहोस्