राजनीति

राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य गर्नुपर्छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य आवश्यक भएको बताउनुभएको छ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपालीको पहिलो जिम्मेवारी भएको बताउनुभएको छ ।

सन्देशमा उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिकबीच एकता अपरिहार्य नेता दाहालले सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.