बिचार

घुयँत्रो- “गणतन्त्र कि नेताहरूको दुहुनो गाई ?”

अन्य गणतान्त्रिक मुलुकमा गणतन्त्र दिवस भनेपछि जनतामा कत्रो हर्ष र उल्लास हुन्छ । गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएका विधिवत कार्यक्रम हेर्न मान्छेको ओइरो लाग्छ ।

हाम्रै छिमेकी मुलुक भारतमा पनि गणतन्त्र दिवस कति भब्यरुपमा मनाउँछन र जनताको उत्साहजनक सहभागिता संगै विदेशका राष्ट्र प्रमुख वा प्रधानमन्त्रीलाई मुख्य अतिथि बनाएर गणतन्त्र दिवसलाई कति भब्य बनाइएको हुन्छ हामीले आफ्नै आँखाले हेर्ने गरेका छौँ ।

त्यसदिन आयोजना गरिएका परेड प्रदर्शन देखि राष्ट्रले उत्पादन गरेका सामरिक हात हतियारसँगै अध्ययन अनुसन्धानका उपलब्धि र विज्ञानको क्षेत्रमा देशले गरेको उन्नति समेत प्रस्तुत गरिन्छ । तर हाम्रो मुलुक प्रचण्डले आफ्ना कार्यकर्ताको स्थायी रोजगारीका निम्ति ल्याएको गणतन्त्रका कारण जनतामा कुनै हर्ष र खुसियालि बोकेर गणतन्त्र आउँदैन ।

सरकारी कर्मचारीलाई जवर्जस्ती बोलाएर सामान्य कार्यक्रमको आयोजना गरी सिध्दिने यो दिवस र संघीयताले देशलाई टाट पल्टाउने मात्रै हैन कि यिनीहरुले गणतन्त्रका नाममा गरेको भष्टाचारले विश्वसामू देशकै बेइजति भइरहेको छ ।

संघीयताका नाममा जतनमन्तका राजनैतिक पद स्थापना गरी त्यसमा तथानाम भष्टाचारका श्रृङखला चलाउँदै कार्यकर्तालाई रोजगारी दिन प्रचण्डले खेलेको भूमिकाले गर्दा देश, तलबै मात्र बाँडने र बार्षिकरुपमा छुट्याउने गरेको बजेटको हिनामिना र जनतालाई सेवा दिएवापत गरिने भष्टाचारले नै टाटपल्टिने अबस्थाँ पुग्या छ ।

गणतन्त्रको स्थापनासँगै देशमा कलकारखानाको स्थापना, विद्युत आयोजना, सिमेन्ट कारखाना, चिनी कारखाना, रासायनिक मल कारखाना, खानी तथा भूगर्भ उत्खनन् ,जस्ता उद्योग सहित न्युनतम मानवीय आवश्यकता पूरा गर्ने खालका उद्योग ब्यवसायको सन्चालन गर्नुको सट्टा भएका उद्योग कलकारखाना समेत विक्रि वितरण र छिन्न भिन्न पारेर वेरोजगारी उत्पन्न गरी जनताको विजोग गराएका नेता र यिनले आफू र आफन्तको पालन पोषण गर्नका लागि ल्याएको गणतन्त्रका कारण सर्वसाधारण जनतामा गणतन्त्रप्रति कुनै मायाँ र ममता छैन बरु नेताहरुका गतिविधिले नैराश्यता छाएको छ ।

यिनै नेताहरुले भित्र्याएका चरम वेथिति, विकृति, सेवामा ढिलासुस्ती भष्टाचार, नातावाद, सिन्डिकेट, दलाली प्रवृत्तिका देशमा भएको आन्दोलन पनि गणतन्त्र विरुद्धकै संकेत मान्न सकिन्छ । गणतन्त्रलाई नै भजाएर पुराना दलहरुले देशमा जुन कुकृत्य मच्चाए त्यसले आँफुलाई गणतन्त्रका मसिहा सम्झिनेहरुलाई भाद्र २३र२४ को आन्दोलनले किनारा लाई सकेको छ ।

तर पनि प्रचण्डलाई छट्पटी बनाइरहेकोछ । हत्या, आतंक, लुटपाटबाट शुरु गरेको राजनीतिक यात्राको भारीलाई यही गणतन्त्र र संघीयतालाई बोकाएर आफू बाँच्ने बेलासम्मै लुटिरहन पाउने कुत्सित मनस्थिति लिएर राजनीति गरिरहेका प्रचण्ड देश लुटन पाइँदैन कि भनेर बेलाबेलामा गणतन्त्रकै नाम जपेर गणतन्त्र र संघियतालाई कसैले केही गर्न पाउँदै यदि कोहि यिनका विरुध्द लाग्छ भने म जङ्गल पस्न तयार छु भनेर घुर्क्याइरहेका छन ।

गणतन्त्र देश विकास र नागरिकको समृद्धिका लागि हैनकि नेताहरुका लागि दुहुनो गाई बनेर बसिरहोस् भन्ने चाहना बोकेका नेताहरुका कारण नै देश हरेक दशदश वर्षमा आन्दोलनमा गएर ब्यवस्था परिवर्तनको जङ्घार तर्यो ।

संसारमा भएका जहानिया निरंकुश शासनदेखि, राजतन्त्र, अधिनायकवादी पंचायति व्यवस्था हुँदै प्रजातन्त्र र लोकतन्त्र सहित गणतान्त्रिक व्यवस्थामा ऐले मुलुकले दिनचर्या गुजारी रहेको छ ।

संसारमा भएका सबै ब्यवस्थालाई अङिकार गर्दा समेत देशले उन्नतिको फडको मार्न नसक्नुको कारण ४० वर्ष अघि जुन नेताले राजकाज गर्थे ऐलेसम्म पनि उनीहरुकै कारण राजकाज चलेकाले पनि न देशले प्रगति गर्यो न नेपालको गणतन्त्र बदनामबाट बच्यो ।

संसारमै उन्नति र प्रगतिको राजनीतिक प्रणालि मानिएको संघीयता र गणतान्त्रिक ब्यवस्थाले नेपाली जनतामा व्यवस्थाप्रति उत्साह नथप्नुको कारण नेताहरुको चरित्र नै हो ।

त्यसैले हाम्रा लागि गणतन्त्र दिवस ूकौवालाई बेल पाक्यो हर्ष न विस्माथू भन्ने गाउँघराँ चल्या उखान जस्तै हो । प्रचण्डको बन्दी बनेर बसेको गणतन्त्रले फेरि पनि प्रचण्डलाई परास्त नगरी स्वतन्त्र रुपमा देश विकास हुँदैन ।

यो देशको विकासका वाधक भनेका प्रचण्ड, माधव, वली र काँग्रेसका केही रुन्चे र भ्रष्ट नेताहरु छन । उनीहरुलाई राजनीतिबाट किनारा नलाएसम्म यो देशका लागि कुनै पनि व्यवस्था हितकर बन्न सक्दैन ।

त्यसैले देश बनाउने नै हो भने प्रदेश सरकार र राष्ट्रिय सभाको अन्त्य, गैरदलीय स्थानीय सरकार, संसदमा जिल्लाबाट १ प्रतिनिधिको संसद अनि १५ वटा मन्त्रालय गरी राजनीतिक ब्यवस्था लागू गरौँ तब देश बन्न सक्ला हैन भने ू जति जोगि आएनि कानै चिरेकाू भन्ने बस्ने ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.