अर्थ

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३ / ८४ को बजेट सङ्घीय संसद्को सयुक्त बैठकमा आज प्रस्तुत गर्दै निर्माणाधीन ती अस्पताल सो अवधिमा सम्पन्न गर्ने बताउनुभएको हो ।

आधारभूत अस्पताल निर्माणका लागि सरकारले रु पाँच अर्ब ९० करोड विनियोजन गरेको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो ।

बजेट वक्तव्यमा मानव विकास सूचकाङ्क कम भएका हरेक प्रदेशका एक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण सुरु नभएका अस्पतालका हकमा वैज्ञानिक नक्साङ्कन गरेरमात्र निर्माण गर्ने अर्थमन्त्री डा वाग्लेले बताउनुभयो ।

सङ्घीय विशिष्टकृत अस्पतालमा जलन उपचार सेवा विस्तार गर्ने बजेटमा उल्लेख गरिएको छ । जलनको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्ने उहाँले बजेटमा उल्लेख गर्नु भएको छ ।

मधेस प्रदेशमा मिगौला उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ ।

यस्तै, बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकार अस्पतालमा निःशुल्क गर्ने बजेटमा घोषणा गरिएको छ ।

नागरिकस्तरबाट स्थापना भई अन्तरराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त धुलिखेल सामुदायिक अस्पताल र काठमाडाँै ‘इन्स्टिच्युट चाइन्ड हेल्थ’को स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठानलाई आँखाको लेन्स उत्पादनमा प्रोत्साहन गर्न कर सहुलियत प्रदान गरिएको बजेटमा उल्लेख गरिएको छ । सरकारले माहामारी रोकथाम तथा प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा दु्रत प्रतिकार्य टोली खटाउने बजेटमा उल्लेख गरिएको छ ।

देशभित्र उत्पादन तथा आपूर्ति औषधि तथा निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीको गुणस्तर र नियमन सुनिश्चित गर्न ‘फुड एण्ड ड्रग एडिमिस्ट्रेशन’ स्थापना गर्ने बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.