अर्थ

मेचीनगरमा १०० आवासीय भवन निर्माण गरिने

सरकारले झापाको मेचीनगर–८ मा राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा १०० भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को बजेटमा उक्त परियोजना अन्तर्गत भवन निर्माण गरिने उल्लेख छ । मेचीनगरमा २०४९ सालदेखि सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले सार्वजनिक जग्गाको व्यवस्थापन गर्दै आएको छ ।

मेचीनगर–८ स्थित जोरसिमल क्षेत्रमा कम्पनीको पूर्णस्वामित्वको लगभग चार बिघा जग्गा रहेको छ । बिगतदेखि नै उक्त जग्गामा आवासीय भवन निर्माण गर्ने कम्पनीको योजना भए पनि यसअघि योजना कार्यान्वयनमा आएको थिएन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.