बिचार

घूयँत्रो- राप्रपामा ‘फुट महोत्सव’

काँग्रेस र एमाले पाटी भित्र भ`काे भयङ्कर गृहयुद्धपछि तिनरु मात्रै लडने हाम्ले के आमा दूध खाछैनम्, तिमीभन्दा हामी के कम भने जस्तरी राप्रपाभित्र नि दङ्गाफसाद चल्या जस्ताे देख्खियाे त हँ ।

विचरा धवल समशेर छुट्टै पाटी खाेल्छु भनेर पञ्चहरु खेडने दाउमा लाग्या छन् भन्ने पाे सुनिदैछ त ! ऐलेका अध्यक्ष राजेन्द्र लिङदेनले धवल शमशेरलाई बेस्सरी तेल आउने गरी पेलेर भित्तैमा पुर्याएछि विचरा धवल पनि के गरून् !

अर्का पेलाई खाएर बस्नु भन्दा त राणा छाेराे हुँ आफै राजा भएर बस्छु नि भनेर अर्को पाटी खाेल्न लाग्या छन् भन्ने सम्चार सुनेर त हाेला राप्रपाका पुराना अध्यक्षहरु कमल थापा, पशुपति र प्रकाशचन्द्र लाेहनिहरले धवललाई राेक्न सकिन्छ कि भनेर प्रेश विज्ञप्ति नै जारी गर्दै यै मैनाकाे अन्त्यतिर हुने केन्द्रिय समितिया बैठकले महाधिवेशन मिति ताेकम्ला ऐले याे २/४ दिन नआत्तेउ, बरु सब‌ कुराकाे छिनाे फानाे महाधिवेशन मै गरम्ला हतार नगरम भनेर धवललाई सम्झाउँदै छन् ।

तर, धवलकाे पाईला चालाई हेर्दा उनी राेक्केलान जस्ताे छैन । पुराना अरु पाटी फुटेर लथालिङ्ग भा बेलाँ बरु राप्रपा चाईँ जमेर बस्ने भाे भन्या बेलाँ त्यै पाटीनि फुटने भएछि सद्दे त कुनै पाटी नि नरहने भए गाँठे ! याे सालाँ देशका पुराना पाटीहरुका ग्रहदशा राम्रा रैनछन कि क्या ! कसैलाई जेनजी आन्दोलनले सिध्यायाे अनि कसैलाई आफ्नै पाटीका नेताहरकाे पेलाईले सिध्यायाे अनि कसैलाई चुनाबले सिध्यायाे के गर्ने जनताले राेई कराई गर्देर नहुने ।

चुनाबाँ एक सिटमात्रै जित्देर राप्रपाकाे विउसम्म जाेगाईदेका ज्ञानेन्द्र शाही र उनकाे पाटीकाे हरिविजाेग हुने भएछि अब राप्रपाका शाही नि राप्रपा छाेडेर लाखापाखा लागे भने लिङदेनले के भनेर चित्त बुझाएर बस्ने हुन कुन्नि ? ज्ञानेन्द्रसितै पला कि समानुपातिककी खुश्बु र ज्ञानेन्द्र नि पाटीसाटि हटाव बबाल जब नेताहरलाई नै पाटिकाे मायाँ छैन र पाटिलाई तितरवितर बनाउँछन भने हाम्ले मात्रै राप्रपा नै भनेर किन बस्न पर्याछ र ?

आखिर हामी नि राजशाही चाहने अनि बालेन नि राजशाही नै चाहने पाटीका नेता हुन भने हामी नै राप्रपा`ट रास्वपाँ गैदे के हुन्छ भनेर खुश्बु र ज्ञानेन्द्र नै घण्टीयाँ गैदेर दुई तिहाई पुर्याईदे भने भ्याई त गाे त हैन र ! त्यसै त दुई तिहाइ पुर्याएर देशाँ बितण्डा मच्चाउन सक्न पाभा देश एकलाैटी हाम्रै कब्जाँ हुन्थ्याे र पुराना दलका नेताहरकाे घाँटी अँट्ठ्याउने बाटाे खुल्थ्याे भनेर मेचिदेखि महाकालिसम्मका रास्वपाहरु उर्लिरा बेलाँ अझ भैनभै घण्टील्यै भन्याजस्ताे भाे भने त याे देशाँ यिनरकै निरंकुशता त चल्ने हाेला त ।

कैले लाेकतन्त्र र गणतन्त्रको फाईँफुट्टि लाएर त कैले काँग्रेस कमिनिष्टका नाममा गठबन्धन चलाएर सत्ताँ राईँ दायिँ मच्चायर खाँदैआका पुराना तिन्टा पाटीका खेलखण्डले ३५/४० वर्ष धकल्दानि जनता शिर ठाडाे हुने काम कैल्यै भएन भने अब याे भख्खर आ’ घण्टीले त झन जन्ता निम्ति के गर्ला र जनताले के पाउलान ? विश्वास गर्ने ठाम कतै छैन ।

कैले ब्यवस्था भएन भनेर लडने अनि कैले नेता हुन पाईन भनेर लडने यी नेताहरुकाे हर्कतले देश र जनताकाे उन्नति र प्रगति त त्यस्तै हाे… जनताले बेलाबेलाँ यिनका राजनीतिक हैसियतसम्म देख्न पाउने भए । दुई तिहाईकाे सत्ताँ पुगेर काँग्रेस कमिनिष्टहरुकाे बेहाल बना बेलाँ बाँकी र` काे पञ्चहरकाे पुरानाे दल राप्रपा समेत फुटाएर नेता कार्यकर्ता जति घण्टीयाँ वसार्या रास्वपाले अबका ५ वर्षाँ के के गर्दाे रैछ त्यै हेरेर बस्ने त हाेला हाम्ले !

हामी जनतालागि न काेई फुटेर हर्ष अनि न काेई जुटेर बिस्माथ । याे प्रजातान्त्र भनुन कि लाेकतन्त्र या गणतन्त्र सबै नेताहरले नै लुटिखान ल्याकाे ब्यवस्था हाे । जसले जति सक्छाै लुटि खाउ । जनताले जुनदिन तिमर्लाई सडकाँ लतार्ने हैसियत राख्लान त्यै दिन बल्ल हाम्ले जनता ब्यवस्था आयाे भनम्ला र तिमर्लाई बाईबाई गरम्ला । ऐले चाईँ पाटी फुटाउकि जुटाउ हाम्लाई बाल मतलब छैन ।
“बिरसिक्का”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.