जन सरोकार

क्वारेन्टिनमा खान नपाउँदा गाउँपालिका घेराउ- दाङका कोरोना संक्रमितमा डेङ्गु

दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखकको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले आइतबार साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा एक हप्तादेखि बस्दै आएका छन् ।

क्वारेन्टिनमा रहनुभएका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको जिकिर गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले खानबस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टिनमा बस्नेहरुले दुःख दिएकाले भान्छेहरु भागेको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उता दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेङ्गु भेटिएको जनाइएको छ । चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेङ्गु पोेजेटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ । यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियोे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.