एन आर एन न्युजजापान

कान्तोमा दीपेश, तोचिगीमा मन्दीप तथा नागानोमा नन्दराज सर्वसम्मत

एनआरएनए जापान क्षेत्रीय समितिमा नयाँ पदाधिकारी चयन जारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यकाल २०२१—२३ का लागि क्षेत्रीय पदाधिकारी चयन प्रकृया तीब्र पारिएको छ। कुल ११ क्षेत्रीय समितिको अधिवेशन गर्नका लागि जुन २७ सम्मको समयमा स्थानिय निर्वाचन समिति सकृय बनेका छन् ।

जस अन्तर्गत गत मार्च २६ तारिक नागानो केनमा भएको अधिवेशनले नन्दराज रेग्मीलाई संयोजक चयन गरेको छ। यस्तै हालै गठन भएको तदर्थ समितिलाई निरन्तरता दिदै तोचिगीमा मन्दीप क्षेत्री पुःन नयाँ कार्यकालका लागि संयोजकमा सर्वसम्मत चयन भएका छन् ।

यस्तै आइतबार टोकियोमा सम्पन्न कान्तो क्षेत्रीय समितिको नयाँ कार्यसमितिका लागि दीपेश खत्री सर्वसम्मत नयाँ संयोजक चयन भएका छन। लगत्तै क्युसु क्षेत्रमा आगामी शनिबार हुने नयाँ कार्यसमितिमा वर्तमान सचिव अर्जुन थापाको संयोजकमा एकल उम्मेदवारी पर्दा सर्वसम्मत भएका छन् ।

मार्च २६ तारिक नागानोमा भएको अधिवेशनले नन्दराज रेग्मी सहित १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । जुम भर्चुअल माध्यमबाट भएको अधिवेशनबाट जीवन क्षेत्री उपसंयोजक चयन भएका छन् भने सचिवमा मनोजकुमार कडरिया, उपसचिवमा कृष्ण डल्लाकोटी, कोषाध्यक्ष पदम खडका र सहकोषाध्यक्षमा सुदर्शन सापकोटा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नारायण अम्बाई, नवीन रेग्मी, निर्मल अर्याल र दोमे सार्की शेर्पा चुनिएका छन् । यसै गरी सल्लाहकारमा विजय कार्की, पम खत्री, सिताराम थापा र श्याम श्रेष्ठ चयन भएका छन् ।

यसै गरी ३० तारिक शनिबार भएको भर्चुअल अधिवेशनबाट तोचिगीमा संयोजक मन्दीप क्षेत्रीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ भने उपसंयोजकमा सन्तोष घिमिरे र सुनिल सापकोटा, सचिवमा उत्तम खनाल, सहसचिवमा कपिल न्यौपाने, सहसचिव आशिष बन्धु खनाल, कोषाध्यक्ष प्रकाशजंघ सिंह, सहकोषाध्यक्षमा अनिलकुमार किशन सर्वसम्मत भएका छन् ।

त्यस्तै सदस्यहरुमा मेधराज सापकोटा, रोहित मगर, संजय लम्साल र मन पुन महिला सदस्यमा संझना राई र विद्यार्थी तर्फ रोहितकुमार यरी चयन भएका छन् ।

यता सवार्धिक चासोका साथ हेरिएको राजधानी टोकियो केन्द्रीत कान्तो कमिटिमा समेत दीपेश खत्री सर्वसम्मत भएका छन् । ३१ तारिक आईतबार भएको अधिवेशनले उपसंयोजकमा शैलेन्द्र खडका र सुरेश केसी चयन भएका छन् ।

यस्तै महिला उपसंयोजकमा ललिता तामाङ चुनिएकी छन् भने सचिवमा सागर कार्की, सहसचिवमा दीपक सुवेदी विप्लव र महेन्द्र राउत, कोषाध्यक्षमा पुरन्जन नेपाल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सुविना सुब्बा, अशोक भट्टराई, सुदीप लम्साल, सुरज केसी, सोहन कुमार खत्री र बसन खत्री चयन भएका छन।

यसै गरी आगामी ५ तारिक शनिबार क्युसु, ६ आईतबार नागोया, ११ तारिक कान्साई, १३ तारिक ओकिनावा, २० तारिक चिवा, २६ तारिक गुन्मा, २७ तारिक निगाता र सिजुओकामा अधिवेशन हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.