अर्थ

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख १२ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । बिहिबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सयले बढेर नयाँ मूल्यको कीर्तिमान बनेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख १२ हजार पाँच सय पुगेको छ । बुधबार एक लाख १२ हजार रुपियाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपियाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य तोलामा १५ रुपियाँले बढेर एक हजार ४१० रुपियाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.