खेलविविध

इटहरीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा सुरु भएको छ । आइयाबरदेखि सुनसरीको इटहरीस्थित रङ्गशालामा सुरु भएको प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले गर्नुभएको थियो ।

प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट एक हजार ७०० खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल, कबडडी, कराते, तेक्वान्दो र उसु गरी छ विधाका खेल समावेश गरिएका छन् । प्रतियोगिताबाट छनोट भएका खेलाडीले काठमाडौँमा हुने १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्ने घोषले बताउनुभयो ।

सदस्य सचिव घोषका अनुसार भोलि सोमबार सम्पन्न हुने प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी भोलि काठमाडौँका लागि बिदाइ गरिनेछ । कोशी प्रदेशबाट ११५ खेलाडी तथा पदाधिकारीको टोली राष्ट्रिय प्रतियोगिताका लागि काठमाडौँ पठाइने उहाँको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौँमा यही जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने केन्द्र स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सातवटै प्रदेशबाट जम्मा छ सय ६० भन्दा बढी खेलाडीको सहभागिता रहने राखेपले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.