राजनीति
राष्ट्रिय सद्भावना पार्टी परित्याग गर्नुभएका झा कांग्रेस केन्द्रीय सदस्यमा मनोनित
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा अनिलकुमार झालाई मनोनित गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले आइतबार राष्ट्रिय सद्भावना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका रौतहट निवासी झालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको हो ।
सभापति थापाले झालाई कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भएबमोजिम केन्द्रीय सदस्य पदमा मनोनित गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।



प्रतिक्रिया राख्नुहोस्