राजनीति

प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहित विपरीत : एमाले महासचिव

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गाा मिचेको रहेछ भनेर संसदमा दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको भन्दै यसप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

सोमबार एमाले महाचिव शंकर पोखरेलले जारी गरेको बक्तव्यमा प्रधानमन्त्रीको अभिव्यक्तिले ‘देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको छ’ जनाइएको छ ।

प्रधानमन्त्रीले लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद समाधान गर्न बेलायतसंग पनि कुराकानी भएको बताएपछि एमालेले यसमा पनि आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोड्नु पूर्णतः असान्दर्भिक र कूटनीतिक अपरिपक्वता हो ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.