विश्व समाचार

अमेरिकामा हिंसा : ४० सहरमा कफ्र्यु, हजारौ गिरफ्तार, सेना परिचालनको घोषणा

थुनामा रहेकै बेला अफ्रिकी मुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन । देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० सहरमा कफुर्यु आदेश जारी गरेका छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्ले सेना परिचालन गर्ने घोषणा गर्नुभएको छ ।

अफ्रिकी मुलका अमेरिकी नागरीक जर्ज फ्लायको प्रहरी हिरासतमा मृत्यु भएपछि तनाव जारी छ । उनको मृत्युपछि विरोधमा अमेरिकाभरी प्रर्दशन भइरहेको छ । अमेरिकाको न्युयोर्क, शिकागो, फिलाडेल्फिया र मिनापोलिसलगायतका दर्जनौं शहरमा समेत हिंसा, आगजनी र लुटपाटका घटना भइरहेका छन् ।

केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी प्रदर्शनमा उत्रिएकामध्ये हजारौलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

अफ्रिकीमूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो । नलाई एक स्वेत प्रहरीले हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो । सयौँ मानिसहरूले ४६ बर्षीय फ्लोइडको हत्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए । देशभरका झण्डै १४० सहरमा चर्को विरोध प्रदर्शन भएको र यति धेरै ठूलो प्रदर्शन अमेरिकामा कम हुने गरेको एक अधिकारीले बताएका छन् । गत छ दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झण्डै दुई दर्जन सहरहरुबाट प्रहरीले दुई हजार ५६४ जनालाई पक्राउ गरेको थियो ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरिसकिएको जनाएको छ भने दोषीलाई कारबाही गरिने भएकाले आन्दोलित नहुन सरकारी अधिकारीहरुले आग्रह पनि गर्दै आएका छन् । प्रहरीले कतिपय ठाउँमा अश्रु ग्यास र लाठी चार्ज गरेपनि प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न कठिन परिरहेको छ ।

जर्जियास्थित सीएनएनको कार्यालय नजिकै विरोध गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीको एउटा कार जलाइदिएका थिए । हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका गोरा जातिका डेरेक चौविनलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ ।

प्रहरीले उनलाई गिरफ्तार गरेर हिरासतमा लिएपछि चर्को यातना दिएको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर जातीय विभेदबिरुद्ध प्रदर्शन भैरहेको छ । भिडियोमा प्रहरीले उनको घाँटीमा ८ मिनेटसम्म घुँडाले थिचेको र जब अर्का प्रहरीले उनको नाडी छामे तब अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरियो ।

चौविन र थप तीनजना प्रहरीहरूलाई यही घटनाकै कारण सेवाबाट यसअघि नै बर्खास्त गरिएको छ ।

घटनाप्रति राष्ट्रपति डोनल्ड ट्रम्पले पनि दुःख व्यक्त गर्दै भयानक र भयानक घटनाको संज्ञा दिनुभएको छ । उहाँले फ्लोइडका परिवारसँग कुराकानी पनि गरेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.