अमेरिकामा पनि विभेद छ भनेर उम्कन पाइन्छ गृहमन्त्रीज्यू !
नेपालमा दलित युवा र ठकुरी युवतीको प्रेमले छजनाको ज्यान लिएको घटनालाई लिएर गृहमन्त्री रामबहादुर थापा बादलले विभेद अमेरिकामा पनि रहेकाले नेपालमा तत्काल विभेद हटाउन नसकिने बताउनुभएको छ । अमेरिकामा एक कालाजातिका युवाको प्रहरीद्वारा भएको हत्यापछि विश्वभर यसको बिरोध भैरहेको छ भने अमेरिकामा हिंसा भड्केको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार रुकुम पश्चिममा दलित युवकको हत्या भएको विषयमा संसदीय समितिमा जवाफ दिंदै अमेरिकाजस्तो देशले पनि विभेद अन्त्य गर्न नसकेको बताउँदै अमेरिका लोकतन्त्रको उच्चतम रुप भएको ठाउँमा समेत विभेद अन्त्य नभएको प्रतिक्रिया दिनुभएको हो ।
प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिमा उनले गृहमन्त्री बादलले भन्नुभयो अमेरिकामा पनि विभेद दण्डनीय छ । लोकतन्त्रमा अब्राहम लिंकनको परिभाषा सर्वश्रेष्ठ मानिन्छ । त्यही देशमा त्यही रुपमा लोकतन्त्र कार्यान्वयनमा भएको छैन । मार्टिन लुथर किङको हत्या भएको थियो । कानूनमा विभेदको अन्त्य भएको भए पनि पूर्ण कार्यान्यन भएको छैन ।
नेपालमा पनि २०६२/६३ पछि राजनीतिक र कानूनी रुपमा विभेद अन्त्य गरे पनि वैचारिक र सैद्धान्तिक रुपमा अन्त्य हुन नसकेको बताउँदै गृहमन्त्री थापाले अमेरिकाले पनि सकेको छैन हामीले पनि सकेका छैनौं भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्