जन सरोकार

असारदेखि नयाँ शैक्षिकसत्र- निषेधाज्ञामा पुस्तक पसल

कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने

सरकारले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेटमा कक्षा १२ सम्मको पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि यसको तयारीमा सम्बन्धितत निकाय लागेका छन् । यसै क्रममा पाठ्यपुस्तक छपाई गर्ने जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । सरकारले असारबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

सरकारको यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् । यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ । सरकारले कक्षा १२ लाई विद्यालय तहका रूपमा अङ्गीकार गरेको छ ।

जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको जानकारी दिनुभयो । जनक शिक्षाले हाल कक्षा ११ का नेपाली, अङ्ग्रेजी, सामाजिक विषयका पाठ्यपुस्तक छपाइ गरिरहेको छ । जनक शिक्षाले गत वर्ष पनि कक्षा ११ का अनिवार्य विषयका पाठ्यपुस्तक प्रकाशन गरी बिक्री वितरण गरेको थियो ।

कक्षा १२ को पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रले छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाएको छ । यो अवस्थामा नयाँ शैक्षिक सत्र प्रारम्भ भएलगत्तै विद्यार्थीको हातमा नयाँ पुस्तक पुर्याउन समस्या नहुने जनक शिक्षाले दाबी गरेको छ ।

जनक शिक्षाले हाल सामुदायिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पुस्तक छपाइ कार्य पूरा गरेर बिक्री वितरणको तयारी सुुरु गरेको छ । कक्षा ४ देखि १० सम्म एक करोड ७७ लाख थान पुस्तक छपाइ गरिएको छ । यसको वितरणका लागि प्रदेशका कार्यालयमा पठाइसकिएको जानकारी महाप्रबन्धक झाले दिनुभयो ।

जनकका विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा प्रदेश कार्यालय रहेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लाले सरकारी छापाखानाको ढुवानीलाई सवारीसाधनमा ब्यानर वा प्रिन्ट राखी राति ९ बजेदेखि बिहान ९ बजेसम्म न्यूनतम जनशक्ति प्रयोग गरेर काम गर्न बाटो खोलिदिएका छन् ।

तर यतिले मात्रै विद्यार्थीको हातमा पुस्तक पुर्याउन सम्भव नहुने महाप्रबन्धक झाले बताउनुभयो । सबै जिल्लामा पुस्तक पसल खुल्ने या जनक शिक्षाका बिक्रेताले पुस्तकको कारोबार गर्न पाएमा विद्यार्थीको हातमा पुस्तक पुर्याउन सम्भव हुने जनाइएको छ । त्यसो त जेठ २० गतेदेखिको निषेधाज्ञामा पुस्तक पसल खोल्न दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.