स्वास्थ्य

छहजार आठसय २५ जना संक्रमित, ७५ जनाको मृत्यु

बिहिबार पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल २१ हजार ७ सय ७३ जनाको पिसीआर र एन्टिजोन परीक्षणबाट ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।

यस अवधिमा १८ हजार ५ सय ६२ पीसीआर परीक्षणमा ५ हजार ८ सय २५ जनामा र ३ हजार २ सय ११ एन्टिजन परीक्षण गर्दा एक हजार जनामा सङ्क्रमण पुष्टि भएको कोरोना पुष्टि भएको हो । सो अवधिमा परीक्षण गरिएकामध्ये ३१.३ प्रतिशतमा सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ । कुल सङ्क्रमितमध्ये ८१ प्रतिशत निको भएका छन् भने १.३ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ । बाँकी सक्रिय सङ्क्रमित छन् ।

नेपालमा कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ७७ हजारको हराहारीमा पुगेको छ जसमध्ये अहिले एक लाख एक हजार आठ सय ३९ जनामा सक्रिय सङ्क्रमित छन् । कुल सङ्क्रमितमध्ये ३९ प्रतिशत महिला हुन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.