जापान

टाइफुन जाङ्मी जापानमा अवतरण, बाढीको चेतावनी कायमै

पश्चिमी जापानको वाकायामा प्रान्तको दक्षिणी भागमा बुधबार टाइफुन जाङ्मीले अवतरण गरेको जनाउदै जापनपीज मौसम विभागले देश भर अस्थायी रूपमा विभिन्न पाँच स्तरका बाढीका चेतावनी जारी गर्न निर्देशन दिएको छ ।

जापानी मौसम विज्ञान विभाग (जेएमए) ले वाकायामा प्रान्त हुँदै बग्ने कोजा नदीको बाढीका लागि उच्च स्तरको आपतकालीन चेतावनी जारी गरेको छ । यसैबीच अधिकारीहरूले स्थानीय बासिन्दालाई बढ्दो नदीको सतह र सम्भावीत बाढी जन्य खतराका लागि सतर्क रहन आग्रह गरका छन् ।

जेएमएले जापानका पश्चिमी र पूर्वी प्रशान्तका क्षेत्रमा अत्यधिक भारी वर्षाको पूर्वानुमान गरेको छ भने वर्षा सँग सम्बन्धित विभिन्न प्रकोपको जोखिम बारे जनतालाई सतर्क रहन चेतावनी दिएको छ ।

आगामी २४ घण्टामा कान्टो–कोशिन र टोकाई क्षेत्रहरूमा २०० मिलिमिटर र तोहोकुमा १२० मिलिमिटर सम्म वर्षा हुने पूर्वानुमान गरिएको छ ।
हाल टोकियोका विभिन्न नदीहरूका लागि बाढीको चेतावनी जारी गरिएको छ ।

जाङ्मी आँधीको कारण टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.