जापान

राप्ती समाज जापानद्वारा कोरोना प्रभावितलाई आर्थिक सहयोग

विभिन्न जिल्लाका लागि चार लाख ३२ हजार बढ़ी सहयोग रकम नेपाल पठायो

राप्ती अञ्चलका विभिन्न जिल्लाबाट जापानमा रहेका नेपालीहरुको संगठन राप्ती समाज जापानले जिल्लाका विभिन्न जिल्लाका कोरोना भाइरस संक्रमणबाट प्रभावित भएकाहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संक्रमितको उपचारमा अक्सिजनको अभावा रहेको समाचारहरु सार्वजनिक भएसंगै समाजले आर्थिक सहयोग अभियान संचालन गरेको थियो ।

सोही अभियानबाट संकलित रकम र समाजको आन्तरिक कोषबाट एक लाख गरी चार लाख ३२ हजार ३५७ येन नेपाल पठाइएको महासचिव प्रकाश ओलीले बताउनुभयो । समाजले राप्तीभित्रका समस्यामा परेका क्षेत्रमा संस्थाका सरंक्षक विशेश्वर रेग्मीले स्थानीयस्तरमै पुगेर हस्तान्तरण गर्ने जिम्मा दिएको छ ।

अध्यक्ष युवराज रेग्मी र उपाध्यक्ष मनराज विश्वकर्माले राप्तीबासीहरु अक्सीजन नपाई छटपटाईरहेको देख्दा आफूहरु हेरेर बस्न नसक्ने हुँदा सानै भए पनि आफनो क्षेत्रबाट सहयोग आफूहरुको दायित्व भएको भन्दै अभियानमा सहयोग गर्ने सबै राप्तीबासी सहयोगी दाताहरुलाई धन्यवाद दिनुभएको छ ।

समाजले विपतमा परेका नेपालीहरुलाई विभिन्न किसिमले सहयोग पुर्याउँदै आएको छ । यस अघि दिल वहादुर रम्तेल बचाउ अभियान, धुर्मुस सुन्तली फाउन्डेसनको नमूना नेपाल परियोजना, सिदार्थ माध्यामिक विद्यालय घोप्टेओढार पातिहाल्ना रोल्पा जिनाबाङ, दाङका भूकम्प पीडित, ब्लड क्यान्सरबाट पीडित भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायलाकी जमुना नगाल गहतराजलाई उपचार्थ सहयोग गरिसकेको छ ।

त्यसै गरी मेरुदण्ड भाँचिएर थला परेका सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका–१ का सुरेन्द्र कुमार बम्जन, रुकुम पूर्वकै मुटुभित्र प्वाल परेका सरद ओलीलाई आर्थिक सहयोग लगायत जापानमा विभिन्न समस्या पर्दै आएका नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button