जन सरोकार

महानगरको घोषणा संक्रमणलाई प्रोत्साहन कि राहत ?

संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ, र उपचारपछि निको भएकालाई ५० र २५ हजार दिने घोषणा

मुलुकका विभिन्न पालिकाहरुले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्च भनेर आर्थिक सहायता दिने घोषणा गरिरहेका बेला ललितपुर महानगरपालिकाले भने तीन किसिमको सहयोग घोषणा गरेको छ । महागरले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ भने आईसीयू वा भेन्टिलेटरमा उपचार गरेर निको भएकालाई ५० हजार रुपैयाँ र कोरोना जितेकालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

शुक्रबार कोभिड १९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड १९ संक्रमित भइ उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई महानगरपालिकाले प्रति मृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनुभएको हो ।



महर्जनले पत्रकार सम्मेलनमा आइसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड १९ जितेकाहरुलाई जनही २५ हजार रुपैयाँ प्रदान गरीने जानकारी दिनुभयो ।

महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ । महानगरपालिकाको यो घोषणाले नयाँ विवाद भने सिर्जना गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई सहयोग गर्नु स्वाभाविक भए पनि उपचारपछि निको भएकाहरुलाई त्यो पनि सामान्य रुपमा निको भएकालाई समेत नगद दिने घोषणा किन गरियो भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button