राजनीति

रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले १९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विनय घिमिरेले १२४ मत प्राप्त गर्नुभएको छ ।

सभापति पदका अर्का उम्मेदवार केदार रजौरेले छ र किरणकुमार आचार्यलेले दुई मत प्राप्त गर्नुभएको छ ।

उपसभापति पदमा निराजन थापा विजयी हुनुभएको छ । उहाँले २४१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी सुनिता रावतले ८० मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, सचिवमा असीम भुसाल निर्वाचित हुनुभएको छ । उहाँले २०० मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार बलीराम खत्रीले १२३ मत प्राप्त गर्नुभएको थियो ।

सहसचिवमा प्रमिला रोका विजयी हुनुभएको छ । उहाँले १४८ मत प्राप्त गर्नुभएको छ उहाँका प्रतिद्वन्द्वीद्वय क्रमशः दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, सदस्यहरुमा प्रताप पुन, चुम्मन चौधरी, गोमा शर्मा, पवित्रा विक निवार्चित हुनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.