एन आर एन न्युजजापान
एनआरएनए क्युस्यु क्षेत्रीय समितिको संयोजकमा अर्जुन थापा
गैरआवासीय नेपाली संघ, जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको ७ औँ अधिबेशनले नयाँ संयोजकमा अर्जुन थापालाई सर्वसम्मत चयन गरेको छ । शनिबार फुकुओका भएको अधिबेशनले अर्जुन थापाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
![Arjun](https://www.nepaljapan.com/wp-content/uploads/2021/06/Arjun.jpg)
वर्तमान कार्यसमितिको सचिव रहेका थापा लोकप्रिय बन्दै १५ सदस्यीय समिति चयन गरेको हो । जसको उपसंयोजकमा भीमबहादुर गुरुङ्ग, बिवेक बुढाथोकी र महिला उप संयोजकमा कमला पाण्डे चयन भएका छन ।
नयाँ कार्यसमितिको सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनिल श्रेष्ठ र भिम बुढाथोकी, कोषाध्यक्षमा केशब कुमार लामिछाने, सह कोषाध्यक्षमा रिपुहरी सापकोटा सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरुमा अमृत भट्ट, प्रदिपकुमार राई, सुबास बहादुर बोहरा, दिपक बहादुर शाही महिला सदस्यमा कृष्णा बस्नेत र बिद्यार्थी सदस्यमा सञ्जन सुबेदी निर्बिरोध निर्वाचित भएको हो ।
प्रतिक्रिया राख्नुहोस्