तिलोत्तमामा पाँचजनाको सामूहिक हत्या, एकजना पक्राउ, अनुसन्धान जारी
रुपन्देहीको तिलोत्तमामा ५ जनाको सामुहिक हत्या भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा गंगादेवी पशु फार्ममा काम गर्ने एक जना महिला र चार जना पुरुषको हत्या भएको हो ।

समाचार अनुसार घटनास्थलमै चार जनाको र एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएस्पी खड्क बहादुर खत्रीले हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिंदै हत्या किन र कसरी भएको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभएको छ ।
पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले हत्याको आशंकामा सुर्खेत बस्ने वर्ष ३१ को झसेन्द्र सिंजाली पक्राउ परेको जानकारी दिंदै एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको धानुकले बताउनुभयो ।
घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली अपराधस्थलमा पुगेको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुर्खेतका झपेन्द्र सिजापतीलाई पक्राउ गरेको हो । हत्या बञ्चरो प्रहार गरी भएको र पक्राउ परेका व्यक्ति लागूपदार्थ दुव्र्यसनी रहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्