जन सरोकार

विश्वमा आशा जागेको नेपालमा बनेको कोरोना भाइरस खोपको परीक्षणमा ढिलाइ

वश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध खोपको निराशाजनक रुपमा आगमनको आशामा विश्व रहेको बेला सम्भावित खोपको पहिलो चरणको विकास नेपालमा गरिएको सार्वजनिक भयो । यो समाचार सार्वजनिक भएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले समेत उच्च चासो दिएर परीक्षण गर्न भनेको एक हप्ता बितिसक्दा पनि परीक्षण सुरु भएको छैन ।

वनारस हिन्दू विश्व विद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी गर्नुभएका त्रिभुवन विश्वविद्यालय अन्तर्गत हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा ललितकुमार दासले कोरोना भाइरस नियन्त्रणका लागि केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको प्लान्ट लिएर शोध गरी उक्त औषधिको विकास गर्नुभएको हो ।

विभिन्न १५ किसिमका स्वास्थ्यवद्र्धक जडीबुटीबाट यो खोपको विकास गरिएको जिकिर गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत सो खोप सम्बन्धमा डा दाससहित ७३ राष्ट्रसँग भिडियो कन्फ्रेन्समार्फत् छलफल गरी परीक्षण लगायत आवश्यक सुझावसमेत दिएको छ ।

खोप निर्माण भइसकेपछि वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले डा दाससँग आफ्ना मन्त्रालय मातहतका सचिव तथा विशेषज्ञसहित छलफल गर्नुभएको थियो । त्यसपछि मन्त्री दुलालले नेपाल स्वास्थ अनुसन्धान परिषद्का विशेषज्ञसँगसमेत भिडियो कन्फ्रेन्समार्फत त्यसको परीक्षण गराउने सम्बन्धमा छलफल गर्नुभएको थियो ।

त्यसपछि यो खोपप्रति नेपाली जनताको चासो बढ्दै गएको छ । तापनि हालसम्म त्यसको प्रयोगात्मक परीक्षण हुन नसक्दा उनीहरु चिन्तित बनेका हुन् ।

“नेपाली अनुसन्धानकर्ताले कोरोना भाइरसविरुद्ध खोपको विकास गर्नु हाम्रा लागि गौरवको विषय हो, यसको छिटोभन्दा छिटो परीक्षण हुनुपर्छ”, हेटौँडा–४ का रामप्रसाद अधिकारीले भन्नुभयो, “अहिले खोपको व्यापक चर्चा छ । खोप त बन्यो तर यसको प्रयोगका लागि सरकारको सम्बन्धित निकायले यथाशीघ्र परीक्षण गरेर त्यसको नतिजा सार्वजनिक गर्न सक्नुपर्दछ ।”

दुई महिनाभन्दा बढी समयको अथक प्रयास र अनुसन्धान गरेर डा दासले उक्त खोपको विकास गरेको जिकिर गर्नुभएको छ । अहिलेसम्म त्यसको परीक्षण हुन नसक्दा सर्वत्र गुनासो बढेको पाइएको छ ।

खोप विकास भएको सार्वजनिक भएपछि उक्त प्रयोगशालामा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय पत्रकारको भीड हुने गरेको सो अध्ययन संस्थानका अर्का सहप्राध्यापक दामोदर गैरेले जानकारी दिनुभयो । जडीबुटी विशेषज्ञ एवं उक्त खोप विकासमा सहयोगी प्राध्यापक गैरेले उक्त औषधि कहिले परीक्षण गराउने हो भन्ने विषयमा पत्रकारको जिज्ञासा अत्यधिक रहेको बताउनुभयो ।

उक्त खोपको परीक्षण कहिलेदेखि हुन्छ भनी राससको जिज्ञासामा डा दासले नेपाल सरकारको माध्यमबाट छिटो परीक्षण हुने र त्यसका लागि सामाजिक विकासमन्त्री दुलाल लाग्नुभएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.