जन सरोकार

यिनै हुन् आफ्नै साथीको हत्या गर्ने बस्नेत

कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढी घर ठेगाना बताउने ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको अभियोगमा उनकै साथी कैलारी गाउँपालिका ४ के गाउँ घर ठेगाना बताउने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

टाउकोको पछाडी घाउ चोट रही बिशाल सोमबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनापश्चात भागी फरार भएका सोम बहादुरलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको बीरेन्द्र सामुदायिक बनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी बाद बिबाद हुँदा सोम बहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा बिशालको मृत्यु भएको खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसै गरी वीरगंज महानगरपालिका ११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप तथा मोबाइल लगायतका धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा जगरनाथपुर गाउँपालिका ६ बस्ने १९ वर्षीय मुन्ना कुमार रामलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशको घरमा गत बैशाख ७ गते चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा मुन्ना कुमारले घरमा कोही नभएको मौका छोपी चोरी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । साथै उनको घरबाट चोरी भएको १ थान ल्यापटप र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर चोरी मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यसै गरी वीरगंज महानगरपालिका ११ श्रीपुर बस्ने ४५ वर्षीया महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका(१६ बस्ने १९ वर्षीय निरज नट र सोही ठाउँ बस्ने १९ वर्षीय युवराज राय रहेका छन् । वीरगंज महानगरपालिका ८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गरेको अवस्थामा ती महिलाको सिक्री लुट्ने उनीहरुलाई तत्कालै अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले पक्राउ गरेको हो ।

उनीहरु उपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.