जल/वातावरण

कोशी प्रदेशबाट नेपाल भित्रियो यस वर्षको मनसुन

मुलुकका अधिकांश भूभागमा प्रचण्ड गर्मीका कारण कहिले मनसुन भित्रिएर पानी पर्ने आशाकाबीच नेपालमा मनसुनी प्रणाली भित्रिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भूभागमा आज सोमबारदेखि भित्रिएको जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको विभागले जनाएको छ ।

नेपालको अन्य भूभागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.