राजनीति

सुरक्षा मापदण्डभित्र रहेर पसल, व्यवसाय खुल्ने, निजी सवारीसाधन जोर बिजोर चल्ने

सरकारले काठमाडौं उपत्यका लगायत कोरोना संक्रमणको जोखिम कम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । बुधबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय संचालन तथा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।

यसको औपचारिक जानकारी भने आज (बिहिबार) पत्रकारा सम्मेलनमार्फत दिइनेछ । गृह मन्त्रालयले तयार गरेको सुरक्षा र स्वास्थ्य मन्त्रालयले तयार गरेको स्वास्थ्य मापदण्ड पालना गरी तोकिएका क्षेत्र खुला हुनेछन् ।

केही दिनयता काठमाडौंका मुख्य बजारहरुमा प्रहरी र व्यापारीबीच तनाव भैरहेको र लकडाउनको ढाँचाा बदल्नुपर्ने दवाव बढिरहेका बेला सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय संचालन गर्न दिने भएको हो ।

सरकारले पछिल्लोपटक असार १ गतेसम्म लकडाउन जारी राखेको छ । यस्तोमा कुन व्यवसाय कसरी खोल्ने, चलाउने र त्यसको मापदण्ड के हुने भन्ने जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि एवं अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आधिकारिक रूपमा सार्वजनिक गर्नुहुनेछ । त्यस्तै कतिपय जिल्लामा जोखिमको मात्रा धेरै भएकाले त्यहाँको अवस्था मूल्यांकन गरेर सम्बन्धित जिल्लाबाटै अतिरिक्त आदेश जारी गरिने भएको छ । कम जोखिम र संक्रमितको संख्या थोरै भएका ठाउँमा भने अब आन्तरिक गतिविधि थप खुकुलो हुनेछ ।

सरकारले स्वास्थ्य सम्बन्धी सेवा, औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, माछा, मासु, खानेपानीको उत्पादन, विक्री विारण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी, विक्री वितरण र फोहरमैला व्यवस्थापन ४. विद्युत, दमकल, एम्बुलेन्स, संचार तथा प्रसारण, हुलाक, बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा, कृषि तथा पशुपक्षी पालन सम्बन्धी कार्य लगायत डेढ दर्जन क्षेत्रलाई खुला गर्ने निर्णय गरेको छ ।

सरकारले यसअघि नै करिब ४ दर्जन प्रकारका उद्योग कारखाना सुरक्षा विधि अनपाएर सञ्चालन गर्न सकिने निर्णय गरिसकेको थियो । तर आन्तरिक आवागमनमा समस्या भएकाले त्यस्ता उद्योग पनि राम्ररी चल्न सकेका थिएनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.