अर्थ

दश महिनामा विदेश अध्ययनका लागि बाहिरियो एक खर्ब रुपैयाँ

मुलुक भित्रिने विदेशी मुद्राको स्रोत वैदेशिक रोजगारी मात्रै बनिरहेको भए पनि यसको सदुपयोग हुन नसक्दा नेपालबाट बाहिरिने रकमको संख्या ठूलै छ ।

यसमध्ये विदेश अध्ययन र भ्रमणवापत नेपालबाट ठूलो रकम बाहिरिने गरेको छ । नेपालमा विदेशीले भ्रमणवापत ६१ अर्ब खर्च गरेका छन् भने नेपालीले विदेश जान एक खर्बभन्दा बढी खर्च गरेको तथ्यांक छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक अध्ययनमा जानेले १ खर्ब नेपाली रुपैयाँभन्दा बढीको विदेशी मुद्रा सटही गरेका छन् ।

वैदेशिक अध्ययनमा जानेले गर्ने खर्च रकमसँगै भ्रमण व्यय गत वर्षको तलुनामा ४४ अर्बभन्दा बढी हुँदा खुद सेवा आय घाटा घटेको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार खुद सेवा आय ५१ अर्ब ९२ करोडले घाटामा रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकसँग सूचना प्रविधि निर्यात मार्फत हुने आयको यकिन तथ्यांक नभएपनि सूचना प्रविधि निर्यातमा भएको वृद्धिदर पर्यटन आय उल्लेख्य रुपमा वृद्धि हुँदा खुद सेवा आया घटेको हो ।

सेवा खाता अन्तर्गत चालु आवको वैशाखसम्म भ्रमण आय ३५.१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रहेको थियो ।

यस अवधिमा शिक्षा क्षेत्रमा भएको खर्चमा उच्च वृद्धि हुँदा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३९.५ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय मात्रै १ खर्ब ४ अर्ब २५ करोड पुगेको छ ।

गत आवको सोही अवधिमा भ्रमण व्यय १ खर्ब १२ अर्ब ५२ करोड थियो भने शिक्षातर्फको ७५ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.