सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा हङकङले नेपाल सामू जितको लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सिंगापुर नेशनल क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । हङकङको लागि अंशुमन रथले बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय पारी खेले भने शहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५५ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै शिव माथुरले २६ रन बनाए । नेपालको लागि शेर मल्लले चार विकेट लिए भने करण केसीले दुई विकेट लिंदा सन्दीप लामिछानेको भागमा एक विकेट रह्यो ।
गत आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो भने हङकङले पमी मलेसियालाई छ विकेटले पराजित गर्दै नेपालसंगको उपाधि भिडन्त पक्का गरेको थियो । दुवै टोली अपराजित रहँदै फाइनलमा प्रवेश गरेका हुन् ।
त्यसअघि आजै भएको तस्रो स्थानको लागि भएको खेलमा मलेसियाले ओमानलाई आठ विकेटले पराजित हुँदै तेस्रो भएको थियो । नेपाल, हङकङ, मलेसिया र ओमान एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भइसकेका छन् ।




प्रतिक्रिया राख्नुहोस्