जापान

कास्की-पोखरा समाजद्वारा ५० अक्सिजन सिलिण्डर वितरण

जापानलाई कर्मथलो बनाएर बसेका कास्केलीहरुको साझा संस्था कास्की-पोखरा समाज जापानले कोरोना संक्रमण भएकाहरुको उपचारमा अक्सिजन अभाव भएपछि थालिएको अभियानमार्फत हालसम्म हालसम्म ७ लाख रुपैयाँ बराबरको ५० वटा सिलिण्डर हस्तान्तरण गरिसकेको जनाएको छ ।

विज्ञप्ति अनुसार समाजले सुरुमा पोखरा २७ स्थित शिशुवा अस्पताल अन्तर्गत संचालित कोभिड अस्पताललाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी मार्फत २० थान सिलिण्डर हस्तान्तरण गरिएको थियो ।

त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि महानिर्देशक डा. भरतबहादुर खत्रीलाई १५ थान सिलिण्डर र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवरको रोहबरमा १० थान हस्तान्तरण गरिएको थियो ।

त्यसै गरी पोखरा ३० मोहोरीयास्थित संक्रामक सरुवा रोग अस्पतालका लागि सो अस्पतालका निर्देशक विकास गौचनलाई १५ थान र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवरको रोहवरमा थप १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको थियो विज्ञप्तिमा जनाइएको छ ।

अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यत्रलममा समाजका महिला अध्यक्ष अन्जु भण्डारी, पूर्व उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, पूर्व सचिव हरिबहादुर पहारी, कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाधयक्ष निरज थापा र सचिव अमृत आचार्यको उपस्थिति थियो ।

समाजका प्रवक्ता दिपक सुनारले कास्कीका विभिन्न अस्पतालहरुलाई अक्सिजन सिलिण्डर प्रदान गर्न आर्थिक सहायता गर्ने जापानबासी नेपालीहरु गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारप्रति धन्यवाद गर्नुभएको छ ।

अक्सिजन सिलिण्डर सहयोगका लागि सहयोग गर्ने दाताहरुको नाम र सहयोग रकमसहित प्रकाशित विज्ञप्तिको पूर्णपाठ

प्रेष-बिज्ञप्ति-नेपालमा-आक्सिजन-सिलिन्डर-हस्तान्तरण-कार्यकम

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.