जन सरोकार

माइतीघर क्षेत्रमा बिरोध प्रदर्शन : एक नेपाली र सात विदेशी पक्राउ

केही दिनयता सरकारबिरुद्ध भैरहेको बिरोध प्रदर्शनमा शनिबार पनि जारी रह्यो । आज नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मिलित नेपालको नक्सा संविधानमा सूचीकृत हुने दिन बिरोध गर्न अपील गरिए पनि त्यसको सुनुवाई भएन ।

माइतीघर क्षेत्रको सडक किनारमा भेला भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिँदै कोरोना नियन्त्रणको क्षेत्रमा भएको भनिएको १० अर्बको हिसाब मागे ।

कोरोना रोकथाम र नियन्त्रणमा सरकार असक्षम भएको तथा भ्रष्टाचार भएको भन्दै पछिल्ला दिनमा सडक प्रदर्शन गरिरहेका युवाहरुको समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सामाजिक संजालबाट सडकमा ओर्लिएको यो समूहले विभिन्न प्लेकार्डहरु लिएर शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नाराबाजी गरिएको छैन । मंगलबार र बिहीबारजस्तो प्रहरीले पानीको फोहोरा र अश्रुग्यास पनि हानेको छैन । प्रदर्शन सुरु हुने बेलैमा प्रहरीले आन्दोलनको आयोजकमध्येको एक समूह ‘इनफ इज इनफ’का इशानलाई भने पक्राउ गरेको छ ।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख एसएपी श्यामलाल ज्ञवालीले प्रदर्शनबाट सातजना विदेशी पक्राउ गरिएको बताउनुभएको छ । उहाँका अनुसार तीनजना चिनियाँ तथा एकएकजना अमेरिकी, क्यानेडियन, नर्वेजियन र अष्ट्रेलियन नागरिक पक्राउ परेका छन् । उनले तीनजना नेपाली नागरिक पनि पक्राउ परेको र उनीहरुलाई भृकुटीमण्डपस्थित नगर प्रहरीमा राखिएको छ ।

प्रहरी स्रोतले नेपालको कानुनविपरित प्रदर्शनमा सहभागी भएकाले विदेशीलाई पक्राउ गरिएको दावी गरेको छ । गृह मन्त्रालयले यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.