जल/वातावरण

मृतक बालकमा कोरोना संक्रमण पुष्टि : बाजुराको क्वारेन्टाइनमा एक युवाको मृत्यु

शुक्रबार वीगञ्जमा मृत्यु भएका पाँच वर्षीया बालकमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको शुक्रबार वीरगञ्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएछि गरिएको स्वाब परीक्षण नेगेटिभ आएको नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले बताउनुभएको छ ।

डा सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो । बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गरिएको थियो । आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारेर नारायणी अस्पतालको टोली बोलाइएको थियो ।



यसैबीच बाजुराको बडिमालिका नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । बडिमालिका नगरपालिकाको वडा नं –२ को सत्यवादी विद्यालयमा रहेको क्वारेन्टाइनमा ४५ वर्षीय युवकको मृत्यु भएको हो ।

भारतको गौरीफण्टा नाकाबाट जेठ २७ गते बाजुरा पुगेर गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा २८ गते देखि बस्दै आएका थिए । गत शुक्रबार साझँ ९ बजे उनी बस्दै आएको क्वारेन्टाइनको अर्को खाली कोठामा डोरीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनीसँगै त्यस क्वारेन्टाइनमा अन्य १६ जना पनि बस्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रसिहं ठगुन्नाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मृतक युवकले के कति कारणले डोरी लगाएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।’

सम्बन्धित खबर

Back to top button