राजनीति

"नक्सा प्रकाशन र सडक उद्घाटन गरेर नेपालीलाई एकताबद्ध बनाइदिएकोमा धन्यवाद" : प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपाली भूमि हडपेर नक्सा प्रकाशन र बाटो उद्घाटन गरेर नेपालीहरुलाई गुमेको जमीन फिर्ता लिन नकारात्मक रुपले भए पनि चुनौति दिएकोमा भारतका ती मन्त्रीहरुलाई धन्यवाद दिनुभएको छ ।

शनिबार नेपालको नयाँ नक्सालाई संविधानकृत गर्न संविधान संशोधन प्रस्तावमा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले कतिपय समयमा अरुले गरेको नकारात्मक कामले हामीलाई सकारात्मक परिणाम दिने बताउँदै सो धारणा राख्नुभएको हो ।

अध्यक्ष प्रचण्डले भारतले जम्मु कश्मीरको मुद्दा समाधानका लागि नयाँ नक्सा जारी गरेर आफ्नो विवाद समाधान गर्ने चाहना राखेको भए पनि नेपाली भूमि गाभेर उसले नेपाललाई जिस्क्याउनु गम्भीर गल्ती भएको र जम्मु कश्मीरको मुद्दा समाधानका लागि नेपालको अतिक्रमित भूमि गाभेर जिस्क्याएको र यसले नेपालले गम्भीरतापूर्वक लिएर आफ्नो नक्सा जारी गरेको बताउनुभयो ।

उहाँले संबोधनको सुरुवातमै राजाहरुले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको भन्दै गुमेको नेपाली भूमि फिर्ता ल्याउन सबै राजनीतिक दलहरुले देखाएको ऐक्यबद्धता र आम नागरिकले देखाएको चासोको उच्च सम्मान गर्दै अब गुमेको भूमि फिर्ता ल्याएरै छाडने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नक्सा प्रकाशित गरेसंगै संविधानमा सूचीकृत गरेर भारतसंग कूटनीतिक वार्ता थालनी गर्नुपर्ने र नेपालले भारतले नक्सा जारी गरेपछि नेपालका तर्फबाट दिइएको कुटनीतिक नोटहरुमा भारतको कदमको कडा बिरोध गर्दै वार्तालाई जोड दिइएको तर भारतले बेवास्ता गर्दै उल्टै लिपुलेक हुँदै भारतका रक्षामन्त्रीले सडक उद्घाटन गरेपछि आम नेपालीको राष्ट्रिय भावनालाई चुनौति दिएको महसुस भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.