जल/वातावरण

कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु- शनिबार दुई सय ७३ जना सङ्क्रमित

नेपालमा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु भएको छ । शनिबार एक पाँच वर्षीय बालक सहित दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ भने शनिबार थप दुई सय ७३ जना संक्रमित भेटिएका छन्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिवार नै २ सय ७३ जनाको कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि नेपालमा कुल सङ्क्रमित सङ्ख्या ५,३३५ पुगेको छ । शनिवार सङ्क्रमण पुष्टि भएकामध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताउनुभएको छ ।

वीरगञ्जको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बालक र बेवारिसे अवस्थामा मृत फेला परेको पुरुषको पीसीआर परीक्षणमा सङ्क्रमण देखिएको हो ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ६, योजना टोलका पाँच वर्षीय बालकको शुक्रवार साँझ मृत्यु भएको थियो । लगातार ज्वरो आउने क्रम नरोकिएका बालकको निजगढका विभिन्न अस्पतालमा उपचार गराइएको तर निको नभएपछि शुक्रवार बिहान वीरगन्ज लगिएको थियो । हेल्थ केयर अस्पतालमा भर्ना गर्ने क्रममा आरडीटी परीक्षणमा पोजेटिभ देखिएको थियो ।

त्यस्तै वीरगन्जको घण्टाघर नजिकै विपी उद्यान परिसरमा जेठ २८ गते मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको नारायणी अस्पतालका डा. उदय नारायण सिँहले बताउनुभएको छ । ती पुरुषको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.