फिफा विश्वकप–२०२६ मा स्कटल्यान्डले विजयी सुरुवात गरेको छ । आइतबार बिहान भएको खेलमा हाइटीमाथि १–० को जित निकाल्दै स्कटल्यान्डले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
अमेरिकाको बोस्टन स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा स्कटल्यान्डको लागि जोन म्याकगिनले निर्णायक गोल गरे । खेलको २९औं मिनेटमा जोनले गोल गर्दै स्कटल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफम दुवै टोलीबाट गोल हुन नसक्दा जोनको गोलले नै स्कटल्यान्डलाई जितका लागि पर्याप्त भयो ।
जितसँगै २८ वर्षपछि पुनरामगन गरेको स्कटल्यान्डले ३ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । उक्त समूहमा आजै भएको खेलमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक रहेको छ ।
यसैगरी आजै नेपाली समय अनुसार बिहान पौने १० बजे अस्ट्रेलिया र टर्की क्यानडाको भ्यानकुभर स्टेडियममा भिड्दै छन् भने राति पौने ११ बजे जर्मनी र कुराकाओबीच खेल हुनेछ ।
यसअघि आजै भएको पहिलो खेलमा कतार र स्विट्जरल्यान्ड तथा दोस्रो खेलमा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए ।




प्रतिक्रिया राख्नुहोस्