फिफा विश्वकप २०२६ मा स्वीडेनले सानदार जित निकालेको छ । सोमबार बिहान भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५-१ को सानदार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको समूह ‘एफ’ अन्तर्गतको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले समान एक-एक गोल गरे भने ट्युनिसियाका लागि ओमार रेकिकले सान्त्वना गोल गरे ।
खेलको सातौं मिनेटमै गोल गर्दै अयारीले गोल गर्दै स्वीडेनलाई १-० अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा अलेज्यान्डर इसाकले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर बनाए । तर खेलको ४३औं मिनेटमाट्युनिसियाका लागि ओमार रेकिकले मिनेटमा हेद मार्फत गोल गर्दै खेललाई २-२ को स्थितिमा ल्याए ।
तर दोस्रो हाफमा स्वीडेनले उत्कृष्ट खेल प्रदर्शन गर्दै थप दुई गोल गर्यो । खेलको ५९औं मिनेटमा भिक्टोर ग्योकेरेसले गोल गर्दै स्वीडेनलाई ३-१ को अग्रता दिलाए । यस्तै खेलको ८६ औं मिनेटमा स्भानवर्गले ८६औं मिनेटमा स्वीडेनका लागि चौथो गोल गरे । सुरुमा असिस्ट्यान्ट रेफ्रीले अफसाइड देखाए पनि भिएआर रिभ्यु पछि मुख्य रेफ्रीले उक्त गोललाई मान्यता दिए ।
त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा अयारीले दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दै स्वीडेनलाई ५-१ को फराकिलो जित दिलाए । जितपछि स्वीडेन ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ भने समान १-१ अंक जोडेको जापान र नेदरल्यान्ड्स क्रमश : दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहिन ट्युनिसिया पुछारमा रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्