खेलफूटबल

फिफा विश्वकपमा आइभरी कोस्टको विजयी सुरुवात, इक्वेडर १-० ले पराजित

फिफा विश्वकप २०२६ मा आइभरी कोस्टले विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा आइभरी कोस्टले इक्वेडरलाई १-० ले पराजित गरेको हो ।

फिफा विश्वकप

फिलाडेल्फिया स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अमद डियालोले खेलको ९०औं मिनेटमा विलफ्रेड सिंगोको पासमा गोल गर्दै आइभरी कोस्टलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसंगै आइभरी कोस्टले समूह ‘इ’ मा ३ अंक जोड्दै दोस्रो स्थनमा छ । यसै समूह अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले कुरासाओलाई ७-१ को सानदार जित निकालेको थियो । जर्मनी र आइभरी कोस्टको समान ३-३ अंक भएपनि गोल अन्तरमा जर्मनी अघि रहँदै शीर्ष स्थानमा रहेको छ भने अंकविहिन इक्वेडर र कुरासाओ क्रमश: तेस्रो र चौथों स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.