बिचार

“ठूला दलको रोग नयाँ दलमा पनि !”

नेपालाँ जति जति दल ठूला हुँदै गए, त्यतित्यति ती दलभित्र किचलो शुरु भयो र नेपालका सबैजसो दल फुटदै र जुटदै गरेका देख्ने अरु कसैलाई खोज्न पर्दैन त्यसको साँक्षी तपाईं हामी नै छम् ।

नेपालाँ जन्मेका घोर वामपन्थीदेखि दक्षिणपन्थीसम्मका सबै दल चोइटिँदै र जोडिँदै यहाँसम्म आइपुगेका छन । तीमध्ये पनि कोही वामपन्थीका नाममा त कोही मधेसीका नाममा एकीकरण भएर स्वयं आफ्नो अस्तित्व समाप्त गरेर बिरामी बेडमा लम्पसार परेर कैले सन्चो होला भनेर कुरे झैँ केही दलका नेता सत्तामा पुग्ने रहर बोकेर कुरीरा छन् ।

चुनावपछि काँग्रेसको घराँ पर्या चिर्कोले काँग्रेस त समाप्त भयो त्यसकै पछिपछि लागेर एमाले नि समाप्त हुँदैछ । यद्यपि एमालेलाई बचाम् भने अँझै अवसर छ । तर, काँग्रेस एक हुने त कुनै अवसरै छैन । किन भने गगनले अब पुराना सदस्य र बुढा नेतालाई पाटियाँ नो इन्ट्री भनेछि काँगेसका पुरानाको एक पाटी र नयाँको अर्को पाटी हुनका लागि नेताहरु तम्तयार छन् । त्यै पुराना दलको रोग यसपटक रास्वपाले नि प्रमाणित गर्यो ।

सदनमा दुई तिहाई ल्याएको रास्वपा त्यै दुईतिहाईकै गर्जनमा यै असार साताँ पैलो महाधिवेशन गर्नैलाग्दा जिल्ला र प्रदेश अधिवेशनाँ आँफुआँफू लडेर भाँडभैलो गर्या तस्विर सामाजिक सन्जालाँ छ्यापछ्याप्ती आछन् । जिल्ला अधिवेशनाँ तराईतिरको मुक्का मुक्की हेरिरा बेलाँ फेरि कर्नाली प्रदेशको प्रदेश अधिवेशनाँ मुङग्रामुङ्ग्री गरे रे भन्ने सुनिन्छ त !

काँग्रेस एमालेहरु किन लडिरहँदा हुन् भनेर दिक्क मान्ने घण्टीहरु अब त्यो रोग आफ्नै घराँ भित्रियो तव रोगको रहस्य थापाए होलान कि किन लडदा रैछन ठूलादलहरु ! अनि बुझे होलान नि साथीहरले ।

रास्वपाभित्रको दल र सरकारको नेतृत्वको होडबाजीले गर्दा पाटी नेतृत्व जुनसुकै तहको भएनि रविले नछोडने अनि सरकारले गर्ने हरेक निर्णमा बालेन र उनका झोलेहरले नछोडने भएछि मारपिटको तहमा अधिवेशन पुग्या हो भन्ने कुरा रास्वपाहरले नभने नि जनताले बुझ्या छन् ।

के गर्ने काँग्रेसीहरु जातिबित्ति ठूलो दल भईम भनेर विशेष महाधिवेशनका नाममा लडनसम्म लडे, देशाँ बुढापाकाका दिन सक्कियका र युवाहरले जे भन्यो त्यै बिक्ने बेला पारेर काँग्रेसाँ चिर्को पारेकाहरले ऐले अब बुढाजति सब्बैलाई लखेटेर नयाँ सदस्यता दिँदै नयाँ काँग्रेस बनाउँदै गर्या छन् ।

पाटी त पुरानो भएर हैन कि नयैँ भएछि दुई तिहाई आउँदो रैछ भन्ने भएर त होला, अब गगन थापाको हस्ताक्षरवाला बाहेक अरु सदस्यता मान्यता हुने छैन भन्ने उर्दी सहित काँग्रेस नि अघि बढ्या छ । सायद आउने चुनावका लागि रास्वपा भन्दानि नयाँ पाटी हुने भएछि दुई तिहाईको बाजी गगन थापाले मारेर बालेन र रविको पाटी हेर्या हेर्यै नि हुन सक्छ। किन भने अब त रास्वपाभन्दा पछि जन्म्या पाटी गगनकै काँग्रेस त हुने होला !?

रास्वपाले त सदस्यतानि बाँडेर भ्याईसक्यो अब महाधिवेशन गर्दैछ । तर गगनको पाटी त भख्खर सदस्यता बाँडदै छ । अनि अधिवेशन गर्ने होला त्यसपछि महाधिवेशन गर्ने त होला त ! अनि त रास्वपाभन्दा त्यसै नि नयाँ होला त हैन र ?

त्यसैले चिन्ता नगर्नोस गगनजी पाटीका पुराना भनाउँदा शेरबहादुरदेखि विमलेन्द्र, शेखर, प्रकाशमान सबलाई झाडु लाउनु भो अब तपाई र विश्वप्रकाशका विरुद्ध ठूलो स्वर गर्ने ताकत कोई माएकालालमा हुने छैन । भलै आम चुनाबाँ ऐल्या राप्रपाले जत्ति सिट ल्याउन किन नपरोस ! काँग्रेस चम्काउन नछोडनु होला ।

ऐले त सदस्य नि लतक्कै भए भन्ने सुन्नियो ! करिब तेह्रै लाख सदस्य भए भनेछि अँझै कति हुने हुन ऐल्यै ट्वाक्कै यत्ति भए भन्न गाह्रै छ । तर पनि एक पटक गिरिजा प्रसाद जुन जिल्लाँ जान्थे त्याँट खर्यात खुरुत मान्छे जति काँग्रेसाँ आको सम्चार रेडियो नेपालले पढ्थ्यो यदि पाटी प्रवेशको सम्चार आएन भने चम्चाहरले कुरा लाएर वास्तविकता बुझ्न रेडियोको निर्देशकलाई बोलाउन पठाउँथे रे गिर्जाले ।

त्यसैले नेपालको जनसंख्याभन्दा बढी मान्छे काँग्रेसाँ छिरिसकेछि अब जातिबित्ति भएर पाटी प्रवेशको सम्चार नपढने निर्णय गर्या हुन रे गिर्जाले भन्ने नि सुन्नमा आथ्यो । कुरो के हो त्यो त गिर्जाका हुक्के बैठकेहरलाई था होला ?रु त्यो बेलाका काँग्रेसका ती हर्कत आफ्नै आँखा अगाडि देख्ने नेताहरलाई गको फागुन २१ साँ भाको काँग्रेसको चुनावी परिणाम हेर्दा बिचरा त्यसबेलाका काँग्रेस त ढल्न्यै अबस्थाँ पुगे त होलान त हैन र ?

त्यसैले रास्वपाका साथिहरु तपाईंहरलाई नि काँग्रेसको जस्तो उम्तो मात नलागोस् । बहुमतका नामाँ मान्छेलाई कुल्चिँदै र ठेल्दै अनि अब हाम्रा दिन कैल्यै ओरालो लाग्दैनन् भन्ने पाराले नहिँडनोस् । ऐल्या बहुमत तपाईँहरले “ल्याको” हैन “आको” हो ।

ल्याउनका लागि त तपाईँले जनतालाई के दिनु भो र ? अरु दलसित आजीत भाका जनताले दलकै शेखी झार्न तपाईंहरलाई मत द्या हुन अनि तपाईहरुलाई बहुमत आको हो । जसको कल्पना न तपाईंहरुले गर्नु भाथ्यो न पुराना दलले आँफुहरु यसरी नाङ्गिन्छम् भन्ने सोच्याथे ।

जनताले देको सम्पत्ति जागाउन सक्नु भो र यसलाई विश्वासमा परिणत गर्न सक्नु भो भने अबको गोडा पचासेक वर्ष तपाईंहरुको प्रतिस्पर्धामा अरु कोही रहने छैनन् । बस् यत्ति हो कि दुई तिहाईको उम्तोमात न त तपाइँ हरका नेता, न त तपाईंहरका कार्यकर्ता, कसैमा नलागोस । अस्तु !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.