राजनीति

तत्काल राहत र उद्धारमा जुट्न भट्टराईको अपिल

जोखिममा परेका क्षेत्रहरूको दिगो संरक्षणका लागि थप योजना बनाई कार्यान्वयनमा जानुपर्ने आवश्यकता

कास्की क्षेत्र नं. २ का निवर्तमान सांसद विद्या भट्टराई अधिकारीले वर्षायाम शुरूवात भएसंगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको समयमा विपदमा परेकाहरुको उद्धार र राहतका कार्यमा जुट्न राज्यका सबै अंगमा अनुरोध गर्नुभएको छ ।

भट्टराईले बुधबार सामाजिक संजालमा एक सावजनिक अपिल जारी गर्दै प्राकृतिक विपदको यो समयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो आग्रह गर्नुभएको हो ।

अपीलमा उहाँले वर्षायाम सुरु भएपछि धेरै बस्तीहरू जोखिममा पर्छन् । अहिले सुरूकै अवस्थामा मनाङ, सिन्धुपाल्चोक, कास्की र स्याङ्जा, वाग्लुङ, पर्वतमा अधिकतम असर पुगेको भन्दै पीडितको उद्धार र राहतका काममा राज्यका सम्पूर्ण संयन्त्रको प्रभावकारी परिचालनमा जुट्न तिनै तहका सरकारलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै यो समयमा सचेततापूर्वक सहयोगमा जुट्न आम नागरिकलार्इ आग्रह समेत गर्दै विपदमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै पीडितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

भट्टराईले बढी जनधनको क्षती हुन नदिनका लागि सम्बन्धित निकायले समयमा नै अनुगमन र उद्धारकार्यमा जुट्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

त्यसै गरी उहाँले जोखिममा परेका क्षेत्रहरूको दिगो संरक्षणका लागि थप योजना बनाई कार्यान्वयनमा जानुपर्ने आवश्यकता देखिएको भन्दै वातावरण मैत्री वकासको अवधारणा सबैतिर कडाइका साथ लागू गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.