खेलफूटबल

फिफा विश्वकपमा आत्मघाती गोलले जोगायो बेल्जियमलाई

फिफा विश्वकप–२०२६ बेल्जियम र इजिप्टले बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा बेल्जियम र इजिप्टले १-१ को बराबरी खेलेका हुन् ।

सिएटल स्टेडियममा भएको खेलमा खेलको १९औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ६६औं मिनेटमा इजिप्टका मोहम्मद हानीले गरेको प्रहार आफ्नो गोलपोष्ट छिरेपछि खेल बराबरीमा आयो । त्यसपछि दुवै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकियो ।

आत्मघाती गोलको मद्दतले बेल्जियम हारबाट जोगिएको हो । बराबरीसंगै समूह ‘जी’ मा रहेका बेल्जियम र इजिप्टले समान एक-एक अंक जोडेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.