जल/वातावरण
कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ : बुधबार पाँच सय ८६ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या बुधबारसम्म ७ हजार १ सय ७७ पुगेको छ । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार नौजना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज एक हजार १६७ पुगेको छ भने रेड जोनमा ५०५ जना रहेका छन् ।
यसै गरी बुधबार थप एक जना कोरोना भाइरसले मृत्यु भएको पुष्ट भएको छ । योसंगै मृत्यु हुनेको संख्या २० पुगेको छ । सङ्क्रमित जिल्ला ७३ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्