“देउवा युगको बहस”
विचरा पुराना दलका नेताहरका नि आआफ्नै बिलौना छन् । के गर्ने समय र परिस्थितिले लखेटेछि ती हिजोका सान शौकत कसरी गिर्दारैछन हेर त !
पुराना प्रधानमन्त्री देउवा जो निष्कटंकरुपमा प्रधानमन्त्री र पाटी सभापतिको कुर्सीमा विराजमान थिए र उनका आशेपाशेदेखि उनकी श्रीमती आर्जुले सरकार र पाटिमा कसरी कब्जा जमाएर रुपियाँ बटुल्थिन ।
आफ्ना झोलेहरुबाहेक कसैलाई सरकारी पद र पाटीको पदमा बस्न दिन्थिनन् । ठेक्का पट्टा हुन् कि अन्य पैशा आउने जुनसुकै काममा नि उनकै हात थियो र राज्यको थितिमिति मिचेर आफ्ना दलालहरु परिचालन गरेर रुखमा लटरम्मै फललाग्या होलान जसरी रुपियाँ झारथिन् तर तिनै बोट बिरुवाँ काउछो फलेर त्यै काउछो झरेर आफ्नै आङभरि खसेर यो दुर्दशा बनाउला भनेर सोचिनन् ।
न त मेरो यो असिमित गतिविधि र हस्तछेपले एक दिन आफ्नै पतिको यो यो विजोग बनाउलान र दलदलको ठोकर खाँदै हिँडनु पर्ला भन्ने नै सोचिन ।
देशमा भष्टाचार र भष्टाचारीलाई मलजल गरेर देशलाई तन्नम बनाएछि कुनै तीन त्यसको बिरोधमा देशभर कुनै शक्ति उम्रेर आफुलाई दलदलको ठोकर खाने र आफ्नै देशमा बस्ननि सरकार शीत यसरी भाँति बिन्ति गर्नुपर्ला भन्ने कुराको थोरै मात्र नि आर्जुले हेक्का राख्थिन भने ऐले विदेशबाट स्वदेश फर्किने परिस्थितिका लागि कसैलाई हाआर गुहार गर्नु पर्थेन ।
न त जेनजी आन्दोलनकै नाममा ३५ वर्षदेखि कमाएको श्रीसम्पति र मान सम्मान नै गुमाउनु पथ्र्यो । जो झोफेहरुको राजनीतक तथा आर्थिक झोलाभरि दिन रात दिन देउवा परिवार लाग्यो ।
अनि खै त १ भदौ २३र२४ को आन्दोलनमा आन्दोलनकारीले देउवा श्रीमान् श्रीमतीको जिउधननै सकिने गरी कुटपिट गर्दा र आगजनी गर्दा ती नेता कार्यकर्ता जसले देउबा परिवारका नाममा कुस्तो धन र इज्जत अनि पद कमाए तीनिहरु जेनजिको पिटाईले देउवा दम्पति रगताम्य हुँदा कहाँ गए ? न उद्धार गर्न बुढानिलकण्ठ पुगे न उपचारमा रहँदा छाउनी अस्पतालनै पुगे ।
भदौदेखि यो असारसम्मै बिचरा देउवा र आर्जु उपचारमै कैलेको मलेसिया र कैलेको हङकङ पुगी रहेका छन् । अनि देशमा उब्जिएको परिस्थितिले आफ्नो जीवन रक्षा गरिदिन बालेन सरकारसित हारगुहार गरेर ईमेल पठाउँदैछन । उनीहरु पक्राउ नगर्न अपिल गर्दैछन् सरकार पक्राउको वारेन्ट जारी गर्दैछ ।
आखिर के रैछ त जिन्गी ३५ वर्ष देशमा राज गरेको पाटी र तिनका नेताहरुको यस्तो दुर्दशा हुँदो रहेछ । कुनै दिन यो परिणति भोग्नुपर्छ भन्ने कुराको थोरै मात्र ख्याल गरेको भए देशमा ३५ वर्ष भष्टाचारको यो विगविगि हुन्थेन कि न त आफ्नै पाटिका झिङे कार्यकर्ताले पाटीबाटै निकालेर सदाका लागि यो रमिता हेर्ने परिस्थिति बनाउँथेनन् कि !
एकातिर काँग्रेस भित्र त्यो अबस्था चलि रहँदा यता नेपालि कमिनष्ट पाटीका झलनाथ खनाल भने जेनजीले सन्चै नहुने घाउ लगाई रहेका बेला माधब नेपालको राजीनामा माग्दै कुर्लि रहेका छन् । बिचरा माधवको नेकपामा आफ्नै असित्व छैन ।
कमिनिष्ट एकीकृत हुने निहुँमा प्रचण्डले माधबको अस्थित्व समाप्त पार्दिसक्या छन् । यस्तो बेलाँ त्यो मरिसक्या बाघको जुङा तान्न झलनाथ किन कस्सिया हुन कुन्नि बुछिनसक्नु छ । पुराना दलको यै द्वन्द्वकाबीच दुई तिहाईको बालेन सरकार भने कुनै बस्तु बगाएर तल्थिर खोज्न जानू पर्ने ठाउँमा मास्थिर दौडिरहेको छ ।
देशमा उद्योग धन्दा बन्द हुँदैछन, मान्छे काम विहिन बन्दैछ । व्यापार व्यवसाय उद्योग धन्दा र कृषि उत्पादन तथा मान्छेको आर्थिक क्षमता वृद्धि गर्दै अघि बढने खालका विकास निर्माण र आयोजना संचालन गर्ने ठाउँमा पुराना आयोगका प्रतिवेदन पल्टाउँदै कार्वाही गर्छम् भन्दै कार्यकर्तालाई भर्ति गर्दैछ ।
यस्तो तरिकाले चुनावमा गरेका बाचा समयमै पूरा होलान त ? सरकारको यो गतिविधि हेर्दा त “जति जोगी आए कानै चिरियका” भन्ने उखानलाई सम्झाउने बाहेक अरु केही देखियएन ।




प्रतिक्रिया राख्नुहोस्